कटु अालाेचनाकाबीच रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएकाे खुलासा

वासिङटन, साउन ४ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आफू आतुर रहेको बताएका छन् । उनीहरुबीच यसैसाता फिनल्याण्डको राजधानी हेल्सिन्कीमा शिखर बार्ता भएको थियो । सोभेटका क्रममा राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमण निम्तो दिएका बताइएको छ ।

आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाइ निम्तो दिइएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् । ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपात ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेकोले पुटिनको अमेरिका भ्रमणको लागि तयारी पनि थालिएको जनाएका हुन् ।

दुई राष्ट्रपतिहरुबीच हेल्सिन्कीमा भएको वार्तालाई लिएर विवादहरु पनि चर्किएको थियो । तर सो भेटवार्तालाई कतिपयले भने उपलिब्धमूलक भनेका छन् । यसै समयमा उता पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार सार्वजनिक भएको छ । यस विषयमा रुसको प्रतिक्रिया भने आइसकेको छैन ।

केही समयमात्र अघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने भनी उक्त हेल्सिन्की बैठकका क्रममा रुसी राष्ट्रपति पुटिनले राखेको प्रस्ताव अस्वीकार गर्नुभएको बताइएको थियो ।

दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच सोमबार भएको उक्त शिखर बैठकमा यी धेरै विषयमा कुराकानी भएको थियो । ती सबै विषय बाहिर जानकारीमा अझै नआएको बताउने गरिएको छ ।

हेल्सिन्की बैठकपछि त्यहीँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको विषयमा आलोचनात्मक अभिव्यक्ति दिनुभएको थियो । त्यस विषयमा यी दुई राष्ट्र प्रमुखबीचको विवाद बाहिरै देखिएको थियो ।

तर पछि भने ट्रम्पले उक्त शिखर बैठक सफल भएको प्रतिक्रिया दिनुभएको थियो । यसरी भ्रमणका क्रममा पनि विवाद समाधान नभएर बाहिर आएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएबाट अमेरिकी अधिकारीहरुमा भने आश्चर्य छाएको छ ।

कमेन्ट गर्नुहोस्