विक्रमको पहिलो गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै…’ युट्युबमा सार्वजनिक (भिडियोसहित)

काठमाडौं । यतिवेला तीज गीत सार्वजनिक हुने क्रम चलिरहेका छन् । यसैबेला गायक विक्रम राना र गायिका ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै…’ गीत युट्युबमा सार्वजनिक भएको छ ।

करन न्यौपानेको शब्द–संगीत, बिपिन आचार्यको एरेन्जर रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । गायक विक्रम राना र गायिका आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा ल्याएको हो ।

आधा दर्जनभन्दा बढीा गीतमा मोडलिङ गरिसकेका विक्रमले पहिलो पटक तीजको गीतमा आफूले स्वर दिएका छन् ।

‘यो तीज गीतसँगै अन्य गीतहरु पनि स्रोता–दर्शकमाझ ल्याउने तयारीमा छु’, विक्रमले भने ।

हेर्नुहोस् भिडियो

 

कमेन्ट गर्नुहोस्