गुणस्तरीय स्वास्थ्यका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं, साउन ४ । उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले दूषित पानी, प्रदुषणको प्रभाव र अखाद्य बस्तुको प्रयोगले बिरामीको संख्या दिन प्रतिदिन वृद्धि हुने क्रम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

ललितपुरको ग्वार्कोस्थित बिएण्डबि अस्पतालको क्याथल्याबको शुक्रबार उद्घाटन गर्ने क्रममा स्वास्थ्य मन्त्री यादबले आफ्नो स्वास्थ्यलाई विशेष ध्यान दिन सबैलाई आग्रह गरे । ‘प्रदुषित पानी, प्रदुषण र अखाद्य पदार्थको प्रयोग तथा प्रभावले बिरामीको संख्या बढ्दै गएको छ’, उनँले भने, ‘खानपिन र आफ्नो स्वास्थ्यमा ध्यान नदिने हो भने बिकराल अवस्था आउन सक्छ ।’

उपप्रधानमन्त्री यादवले विदेशमा उपचार गराउन ठूलो हिस्सा रहेको भन्दै त्यसलाई रोक्नु पर्ने बताए ।  उनले नेपालमै सुविधा सम्पन्न उपचार दिन सके विदेश उपचार गर्न जानेहरुलाई रोक्न सकिने बताए । उनले विपन्न परिवारहरु उपचारबाट बञ्चित रहेको भन्दै चिन्ता समेत व्यक्त गरे ।

मन्त्री यादवले सरकारी निजी क्षेत्र मिलेर नेपालको स्वास्थ्य क्षेत्रमा सुधार गर्न आग्रह गर्नु पर्ने बताए । सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाई छ । निजी क्षेत्रले भरपर्दो र गुणस्तरीय स्वास्थ सेवा उपलब्ध गराउनु पर्ने पनि बताए । त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको मन्त्री यादवले बताए ।

सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाईमाथि उकास्न सकिने बताउदैँ उनले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट बञ्चित रहेकाले उनीहरुलाई स्वास्थ्य सेवा पहँुचमा पु¥याउनु दुवै क्षेत्रको दायित्व भएको उल्लेख बताए ।

राज्यको ठूलो हिस्सा उपचारात्मक क्षेत्रमा खर्च भएकोले अब रोग लाग्नै नदिनेतर्फ काम गर्नुपर्ने उपप्रधानमन्त्री यादवको जोड छ । मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याव सेवा बिएण्डबि अस्पतालले शुक्रबारदेखि शसरु गरेको हो ।

कमेन्ट गर्नुहोस्