‘फ्याट टु फिट’ भारती ! यसरी घट्याे ताैल

हास्य कलाकार भारती सिंहले एउटा रियालिटी शोेका लागि आफुलाई फिट मारेकी छन् । छिट्टै अर्जेन्टिनामा सुटिङ गरिने ‘खतरो के खेलाडी’ का लागि तौल घटाउन भारती कम्मर कसेर लागेकी छन् ।

उनले गएको केही दिनमै १० केजि तौल कम गरेकी छन् । शोमा गर्नु पर्ने स्टन्ट तथा विभिन्न टास्कका लागि उनले जीमिङ, जकिङ, स्ट्रिक्ट डाइटिङ गरेकी छन् । जतिसुकै व्यस्त भएपनि दैनिक २ घण्टा वजन घटाउनमा लागाएकी भारतीलार्इ छिट्टै नयाँ रुपमा देख्न पाइने भएको छ ।

कमेन्ट गर्नुहोस्