विक्रम र ज्योतिको ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ (भिडियोसहित)

काठमाडौं, साउन ४ । हिन्दू महिलाका महान चाँड तीज नजिकिएसँगैं यतिवेला तीज गीत सार्वजनिक हुने क्रम बढेको छ । यसै मेसोमा विक्रम राना र ज्योति मगरको स्वरमा रहेको तीज गीत ‘उठ माया जुरुक्कै नाच फुरुक्कै’ सार्वजनिक भएको छ ।

करन न्यौपानेको शब्द–सङ्गीत, विपिन आचार्यको एरेन्ज रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । विक्रम राना र आरुषी मगरलाई फिचरिङ गरिएको गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो ।

आधा दर्जनभन्दा भन्दा गीतमा मोडलिङ गरेका विक्रमको आफ्नै स्वरमा रहेको यो तीज गीत पहिलो हो । ‘यो तीज गीतसँगै अन्य गीतहरु पनि स्रोता/दर्शकमाझ ल्याउने तयारीमा छु’, विक्रमले भने ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्