११३ वर्षअघि समुद्रमा डुबेको २०० टन सुनले भरिएको रूसी जहाज भेटिएको दाबी

सोल, साउन ४ । दक्षिण कोरियाको उद्दार टोलीले ११३ वर्ष अघि समुद्रमा डुबेको रूसी सैनिकको पानी जहाज भेटिएको दाबी गरेको छ । जसमा २०० टन सुन रहेको बताइएको छ । यसको मूल्य १४० बिलियन डलर (करीब १३ लाख करोड रुपैयौं)।

ब्रिटिश पत्रिका डेली टेलिग्राफका अनुसार जहाजका भग्नावशेष दक्षिण कोरियाली प्रायद्धिपको उलुण्गडो नजिक १४०० फीट गहिराईमा फेला परेको छ । रूसी शासक नेवीको सुनले भरिएको ‘दिमित्री दोन्सकोई’ नामका पानी जहाज सन १९०५ मा बेपत्ता भएको थियो ।

जहाजको खोजी कार्यका लागि दक्षिण कोरिया, ब्रिटेन र क्यानडाको टोली खटिएको थियो । उक्त टोलीले जहाजको भग्नावशेषको तस्वीर खिच्नका लागि दुईवटा पनडुब्बीको प्रयोग गरेको थिए ।

रिपोर्ट्सहरुका अनुसार, रूसी जहाजमा सुनका विस्कुट र सिक्काले भरीएका ५५ सय बाकस थिए । जापानले यो सुन कब्जा कब्जा गर्न चाहेको थियो । तर त्यो भन्दा अगाडि नै जहाज समुद्धमा डुब्यो । जहाजको खोजी गरिरहेको दक्षिणी कोरियाली टोली शिनिल ग्रुपले आगामी अक्टुबरदेखि नोभेम्बरसम्ममा जहाजको भग्नावशेष निकाली सक्ने बताएको छ ।

शिनिल ग्रुपका अनुसार जति सुन निकालिन्छ वा भेटिन्छ त्यसको आधा रूसलाई दिइनेछ । सुनबाट प्राप्त हुने १० प्रतिशत रकमले उलुण्गडो द्वीपमा एउटा म्यूजियम बनाइने छ ।

कमेन्ट गर्नुहोस्