मोदीमाथि राहुल गान्धीका पाँच आरोप

नयाँ दिल्ली । आज भारतीय तल्लो सदनमा प्रधानमन्त्री मोदी विरुद्ध अविश्वास प्रस्तावमा भएको छलफलमा बोल्ने क्रममा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई पाँच प्रमुख आरोप लगाएका छन् । वर्तमान भारत सरकार आम जनताका समस्याबाट टाढा भागेको भन्दै गान्धीले प्रधानमन्त्रीलाई निम्न पाँच आरोप लगाएका छन्:

  • ढाँटिन रक्षा मंत्रीले:

राहुल गान्धीले रक्षा मन्त्रीले भारतीय वायुसेवालाई प्रदान गरिने भनिएको राफेल हवाई जहाजबारे देश र सदनलाई ढाँटेको आरोप लगाए । उनले रक्षामन्त्री निर्मला सितारमणले फ्रान्सबाट किनिने उक्त हवाइजहाजको मूल्य देश सामु सार्वजनिक गर्ने बताए पनि पछी आपसी सम्झौताका कारण बताउँ नमिल्ने भनेर देशलाई ढाँटेको आरोप लगाएका छन् । राहुलले आफूले फ्रान्सकी राष्ट्रपतिसँग कुरा गरेको र उनले दुई देशबीच उक्त विमानको मूल्य गोप्य राख्नुपर्ने कुनै सम्झौता नभएको बुझ्नमा आएको बताए । राहुल गान्धीले प्रधानमन्त्रीको दवाबमा आएर रक्षामन्त्रीले झुटो बोलेको आरोप लगाए ।

  • प्रधानमन्त्रीको उपहार गफ मात्र:

भारतीय काँग्रेसका अध्यक्षले भने मोदीले हरेक व्यक्तिको खातामा १५ लाख रुपैयाँ जम्मा गरिने, दुई करोड युवाहरूलाई रोजगारी दिने जस्ता आश्वासन दिएको तर वास्तविकतामा भने यस अवधि भित्र जम्मा चार लाख युवाहरूले मात्र रोजगारी पाएको राहुलको आरोप छ । उनले चीनले २४ घण्टाभित्रमा ५० हजार युवाहरूलाई रोजगारी प्रदान गर्न सकेको तर भारतमा भने प्रत्येक २४ घण्टामा मात्र ४०० युवाहरूले रोजगारी पाएको आरोप लगाएका छन् ।

  • ठुला व्यापारीहरूलाई फाइदा पुऱ्याएको:

भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्रीले ठुला व्यापारीहरूलाई अकुत सम्पत्ति कमाउन सहयोग गरेको समेत आरोप लगाए ।  मोदीका प्रचारात्मक कार्यक्रमहरूमा करोडौं रुपैयाँ पानी जस्तै बगैने गरेको र उक्त कार्यक्रममा ठुला व्यापारीहरूको लगानी रहने गरेको र उक्त लगानी बापत ती व्यापारीहरूले हजारौं करोड रुपैयाँ कमाउने गरेको आरोप समेत लगाए ।

  • दलित र आदिवासीहरूमाथि हुने अत्याचारप्रति असंवेदनशील प्रधानमंत्री:

राहुल गान्धीले प्रधानमन्त्रीले दलित र आदिवासीहरूमाथि उने अत्याचारबारे प्रधानमन्त्रीले एक शब्द नबोलेको आरोप समेत लगाए । उनले उल्टै मोदीका मन्त्रीहरूले सार्वजनिक रूपमै दलित र आदिवासीहरूमाथि जघन्य आक्रमण गर्नेहरूलाई माला लगाएर सम्मान गर्ने गरेको आरोप समेत लगाए ।

  • नोटबन्दी लगाएर आम जनताको ढाड सेकेको :

राहुल गान्धीले प्रधानमन्त्रीले अकस्मात एक साँझ आठ बजेदेखि वैध मुद्रालाई अवैध घोषित गरिदिएर सर्वसाधारणको ढाड सेकिदिएको बताए ।  प्रधानमन्त्रीले सर्वसाधारण किसान, मजदुरले नगदमा नै आफ्नो काम चलाउने भएकाले यस निर्णयले सबैभन्दा बढी तिनैलाई पिरोलेको आरोप लगाए । उनले काँग्रेसले जीएसटी लगाएकोमा आन्दोलन गर्ने बीजेपीले आफू सरकारमा आएपछि साना व्यापारीहरूको घरभित्र इन्कम ट्याक्स पठाएको आरोप समेत लागाए ।

कमेन्ट गर्नुहोस्