डा केसीलाई भेट्न अस्पताल पुगे देउवा

काठमाडौं, साउन ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गएको असार १६ गतेदेखि जुम्लामा अनशनरत डा केसीलाई बल प्रयोग गरेर सरकारले हिजो (बिहीबार) काठमाडौं ल्याएको थियो ।

सभापति देउवाले शुक्रबार अपरान्ह त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत डा केसीको स्वास्थ्य अवस्था बुझेको उनको सचिवालय जानकारी दिएको छ । भेटमा देउवाले डा केसीको मागप्रति कांग्रेसको ऐक्यबद्धता रहेको बताएका थिए।

याे पनि पढ्नुस  डा केसीलाई भेट्न अस्पताल पुगें नेकपाका प्रवक्ता श्रेष्ठ

भेटमा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘स्वास्थ्य ठूलो कुरा हो, तपाईंलाई राम्रो हुनुपर्‍यो । अध्यादेश अनुसार चिकित्सा शिक्षा विधेयक पारित गराउन हामी सदन र सडकबाट सरकारलाई दबाब दिइरहेका छौं।’

कमेन्ट गर्नुहोस्