जिम्बाब्वेविरुद्ध पाकिस्तानले बनायो रेकर्ड नै रेकर्ड

पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमानले जिम्बाब्वे विरुद्ध पहिलो एक दिवसीय क्रिकेट खेलमा दोहोरो शतक लगाएका छन् । २८ वर्षीय जमान अन्तर्राष्ट्रिय एकदिवसीय म्याचमा दोहोरो शतक लगाउने पहिलो पाकिस्तानी ब्याट्सम्यान बनेका छन् ।

उनले १५६ बलमा ५ चौका र २४ छक्काको मद्दतले अविजित २१० रन बनाएका हुन् । यसका साथै उनी दोहोरो शतक लगाउने विश्वका छैठौं खेलाडी समेत बनेका छन् ।

जिम्बाब्वेको बुलाबायोस्थित क्वीन स्पोर्ट्स क्लबमा पाँच वनडे म्याचहरूको शृंखलाको पहिलो खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा एक विकेट गुमाएर ३९९ रनको विशाल योगफल समेत खडा गरेको छ ।

यस इनिंगमा केही महत्वपूर्ण रेकर्डहरू समेत बनेका छन् ।

पहिलो विकेटकोलागि सर्वाधिक रन : यस खेलमा पाकिस्तानी खेलाडीहरूले पहिलो विकेटकोलागि सर्वाधिक रनको साझेदारीको रेकर्ड बनाएका छन् । विना कुनै विकेट क्षति जमान र इमाम उल हकले ३०४ रनको योगफल तयार गरेका थिए । यसमा हकको ११३ रनको र जमानको १९० रनको योगदान थियो ।

यसघि यो रेकर्ड श्रीलंकाका उपुल थरंगा र सनथ जयसूर्याको नाममा थियो ।  उनीहरूले २००६ मा इङ्ल्याण्ड विरुद्ध २८६ रनको साझेदारी गरेका थिए ।

पाकिस्तानकालागि सर्वाधिक एकल स्कोर : जमान्ले पाकिस्तानका लागि एउतै पारीमा सर्वाधिक रन बनाउने खेलाडीमा समेत आफ्नो नाम लेकाएका छन् । यस अघि यो रेकर्ड सइद अन्वर्को नाममा थियो उनले १९९७ मा भारत विरुद्ध १९४ रन जोडेका थिए ।

पाकिस्तानको सर्वोच्च वनडे स्कोर: पाकिस्तानले यसका साथै सर्वाधिक ठुलो स्कोर समेत खडा गरेको छ । यस अघि उसको रेकर्ड ७ विकेटको क्षतिमा ३८५ रन थियो जुन उसले बंगलादेश विरुद्ध दाम्बुलामा २०१० मा बनाएको थियो ।

यी हुन् एक दिवसीय क्रिकेटमा दोहोरो शतक लगाउने खेलाडी

  1. रोहित शर्मां (भारत): २६४ रन
  2. मार्टिन गप्टिल (न्यूजीलैंड) २३७ रन
  3. वीरेंद्र सहवाग (भारत) २१९ रन
  4. क्रिस गेल (वेस्टइंडीज) २१५ रन
  5. फखर जमान (पाकिस्तान) २१० रन
  6. रोहित शर्मा (भारत) २०९ रन
  7. रोहित शर्मा (भारत) २०८ रन
  8. सचिन तेंदुलकर (भारत) २०० रन

 

कमेन्ट गर्नुहोस्