मलेसियामा सुतेका समयमा एक नेपालीकाे रहस्यमय मृत्यु !

मलेसिया, साउन ४ । वैदेशिक राेजगारीकाे सिलसिलामा मलेसियामा कार्यरत एक नेपालीकाे बिहीबार राति रहस्यमय मृत्यु भएकाे बताइएकाे छ ।

मलेसियाको TOP GLOVE SDN.BHD. Banting sector मा बिगत लामो समयदेखि कार्यरत सल्यान काफ्लेचौर निवासी रिमबहादुर पुनमगरको बिहीबार राती मृत्यु भएकाे छ । राति सुतेकाे बेडबाट खसेर निधन भएको भनिए पनि उनकाे हत्या भएकाे अाशंका गरिएकाे छ । घटनाबार सत्यतथ्य बाहिर आउन बाँकी रहेकाे छ ।

घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान शुरु गरिसकेकाे बताइएकाे छ ।

घटनाबारे मलेशियास्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ । भने शवलाई नेपाल पठाउने तयारी गरिएको मलेशियाबाट शान्तराज बुढामगरले जानकारी दिए ।

आउँदो अगस्ट ५ तारीख नेपाल जाने तयारीमा रहेका पुनमगरले सामान समेत किनेर राखेकाे उनका साथी शान्तराजले बताए । रिम बहादुरको अचानक मृत्युले परिवार गहिरो शाेकमा डुबेको छ ।

कमेन्ट गर्नुहोस्