गैंडाकोटमा क्षेत्रीय क्रिकेट रंगशाला मेरो प्राथमिकता : मेयर पौडेल

गैंडाकोट, साउन ४ । जिल्लाकै चर्चित मुकुन्दसेन युवा क्लब गैंडाकोट १० ले २०७० सालदेखि शुरु गरेको खेलकुद मैदान निर्माणको कार्य अब गडण्की प्रदेशकै क्षेत्रीय क्रिकेट रंगशालाको रुपमा विकास हुने भएको छ ।

गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलले आफ्नो प्राथमिकताको पहिलो नम्बरमा मुकुन्दसेन क्लबले निर्माण शुरु गरेको मुकुन्दसेन क्रिकेट रंगशाला आउने दुई बर्ष भित्रमा सम्पन्न गर्ने गरी आफू काम गरिरहेको शुक्रबार क्लबका संरक्षक बिबि खरालसहितको टोलिलाई बताएका हुन ।

मुकुन्दसेन क्षेत्रीय क्रिकेट रंगशाला २०७१ माघ १२ गते तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको प्रमुख अतिथी, बिशेष अतिथी प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेल र हालका कृषि भुमी तथा सहकारी मन्त्री चक्रपाणि खनाल बलदेबको सहभागीतामा घोषणा गरिएको थियो ।

रंगशालाभित्र क्रिकेट मैदान बनाउने कार्य ६० प्रतिशत सम्पन्न भएको क्लबका संरक्षक बिबि खरालले जानकारी दिए । मेयर पौडेलका अनुसार क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर बनाएर प्रदेश सरकारको रेकर्डमा आफूले पुर्याएको बताए ।

अव उक्त रंगशाला गण्डकी प्रदेशकै नमूना रंगशाला बन्नेमा आफू ढुक्क रहेको मेयर पौडेलको भनाइ छ । वडा अध्यक्ष देविदत्त कंडेलले रंगशाला निर्माणका लागि आफू रातदिन खटिएको बताए ।

उनका अनुसार रंगशाला निर्माणको लागि आफूले नगरपालिका र प्रदेशमा बजेट बिनियोजनको लागि सिफारिस गरिसकेको र प्रक्रिया अगाडि बढेको बताए ।

कमेन्ट गर्नुहोस्