माग पूरा नभएसम्म थप उपचार नलिने डा. केसीको अडान

काठमाडौं, साउन ५ । चिकित्सा शिक्षा सुधारको माग राखी २२ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार नलिने अडान राखेका छन् । ‘सरकारले आफुलाई सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गरी माग पनि पुरा गर्ने बताएर काठमाडौँ ल्याएको थियो । मलाई सुविधा सम्पन्न अस्पताल ल्याएको हैन, यी सबै परिक्षण त जुम्लामै भैरहेको थियो नि ?’, उनले भने ।

डा.केसीले रगत, मुटुलगायत कुनै परिक्षण गर्न नमानेको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् । विहिवारदेखि डा. केसीको कुनै परिक्षण गर्न नपाएको डाक्टरहरूले बताएका छन् । शुक्रबार दिउँसो उनको अवस्थाबारे समाचार संकलन गर्न अनसनस्थल पुगेका पत्रकारलाई डीएसपीले निकै निगरानी गरेका थिए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्