फेसबुकमा जानकारी चोरी गर्ने संस्थामाथि अनुसन्धान हुँदै

साउन ५ । सामाजिक सञ्जाल फेसबुकमा जानकारी चोरी गर्ने अमेरिकाको एक संस्थामाथि पनि अनुसन्धान हुँदै छ । फेसबुकले आफ्ना प्रयोगकताको जानकारी अवैध तरिकाले संकलन गरी अरुसँग बाँडिएको र त्यो राजनीतिकसहितका विभिन्न उद्देश्य पूर्तिका लागि प्रयोग भएको आरोपका सम्बन्धमा सो संस्थतामाथि अनुसन्धान भइरहेको हो ।

यहि क्रममा फेसबुकले अमेरिकाको एक एनालाइटिक्स फर्म निलम्बितसमेत गरेको छ । बोस्टनमा रहेको क्रिमसन हेक्सागोनलाई निलम्बित गरेको हो । यो संस्थाले आफूलाई ग्राहकका बारेमा जानकारी दिने माध्यका रुपमा परिभाषित गर्ने गरेको छ र विश्वका विभिन्न देशका सरकारी निकायसँग यसको सम्बन्ध छ ।

यो संस्थाले आफ्नो प्रयोगकर्ताको जानकारी प्रयोग गर्ने क्रममा गोपनियता र निगरानी सम्बन्धी नियमको उल्लंघन गरे नगरेको बारेमा अनुसन्धान भइरहेको फेसबुकले जनाएको छ । तर अहिलेसम्म क्रिमसनले अवैध तरिकाले जानकारी हाँसिल गरेको नदेखिएको फेसबुकले बताएको छ। क्रिमसनले फेसबुकबाट सर्वसाधारणका जानकारी लिएर त्यो आफ्ना ग्राहकलाई दिने गरेको वाल स्ट्रिट जर्ननले बताएको छ । क्रिमसनबाट यो सेवा लिनेमा रुस एक संस्था, जसको सम्बन्ध त्यहाँको राष्ट्रपति कार्यालयसँग छ ।

यस्तै धेरै अमेरिकी सरकारी निकायले पनि क्रिमसनबाट सेवा लिने गरेका छन् । सन् २०१७ को मार्चमा फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी अवैध तरिकाले सरकारी निगरानीका लागि प्रयोग भएको आरोप लागेको थियो । तर फेसबुकका प्रवक्ताले फेसबुकमा रहेका प्रयोगकर्ताका जानकारी सरकारी निगरानीका लागि प्रयोग हुने र आफू त्यसको माध्यम बन्न नदिनेमा प्रष्ट रहेका बताएका छन् ।

यसअघि लाखौँ प्रयोगकर्ताको जानकारी चोरी गरेको आरोपमा क्यामब्रिज एनालिटिका निलम्बित भएकाके थियो र फेसबुक अनुसन्धानको घेरामा तानिएको थियो । -एजेन्सी

कमेन्ट गर्नुहोस्