मोदी सरकारविरुद्धको अविश्वास प्रस्ताव भारी मतले अस्वीकृत

नयाँदिल्ली, साउन ५ । नरेन्द्र मोदी सरकारविरुद्ध कांग्रेसले लोकसभामा पेश गरेको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार दिनभर छलफल भएपछि अबेर राति भएको मतदानबाट अविश्वासको प्रस्ताव भारी मतले अस्वीकृत भएको हो ।

प्रस्तावको पक्षमा १२६ मत र विपक्षमा ३२५ मत खसेको थियो । ५४५ सदस्यीय लोकसभामा अहिले भएको ५३४ सदस्य रहेका छन् । लोकसभामा बहुमतका लागि २६८ मतको आवश्यकता भएपनि सरकारको पक्षमा ३२५ मत खसेको हो । लोकसभामा अहिले ११ सीट खाली छ ।

सत्तारुद्ध भाजपा एक्लैको २७४ सांसद रहेकाले विपक्षीले विना कुनै उद्देश्य अविश्वासको प्रस्ताव ल्याएको प्रधानमन्त्री मोदीले बताएका छन् । ११ घण्टा लामो बहस पछि सरकार विरुद्धको प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । सन् २०१९ को लोकसभा निर्वाचन अघि भाजपाको गठबन्धनले फेरि एकपटक बहुमत सिद्ध गर्दै आफू बलियो रहेको पुष्टि गरेको छ । -बीबीसी

कमेन्ट गर्नुहोस्