क्रोएसियाका कालिनिकद्वारा उपविजेताको पदक अस्वीकार

काठमाडौं, साउन ५ । क्रोएसियाका फुटबल खेलाडी निकोला कालिनिकले विश्वकपको पदक लिन अस्वीकार गरेका छन् । क्रोएसियाली सञ्चारमाध्यमका अनुसार उपविजेता बनेको क्रोएसियाका खेलाडी कालिनिकले आफूलाई पहिले नै घर फर्काएको भन्दै पदक लिन अस्वीकार गरेका हुन् ।

उनले रुस विश्वकपमा नाइजेरियाविरुद्धको एउटा खेलमा मात्रै बेञ्चमा बसेका थिए । नाइजेरियासँगको खेलमा ढाडमा समस्या भएका कारण कालिनिच सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गर्न उनले अस्वीकार गरेका थिए ।

याे पनि पढाै‌-

रोनाल्डो २ वर्ष जेल सजाय र जरीवाना तिर्न तयार भए !

खेलको ८५ औँ मिनेटमा प्रशिक्षक ज्लाटको डालिचले उनलाई मैदान प्रवेश गराउन खोजे पनि उनले ढाडमा समस्या भएको भन्दै अस्वीकार गरेका थिए ।  त्यसैका कारण उनलाइै घर फर्काइएको थियो ।

प्रशिक्षक डालिचका अनुसार कालिनिकले वार्म अप म्याचमा पनि सहभागी हुन आनाकानी गरेका थिए । कालिनिचलाई पदक दिँदा धन्यवाद तर म रुसमा खेलेको थिइनँ’ भन्ने जवाफ आएको बताइएको छ । -एजेन्सी

कमेन्ट गर्नुहोस्