सामूहिक गोली प्रहारबाट युवक घाइते

सिरहा, साउन ५ । जिल्लाको धनगढीमाई -१३, भर्लेनीमा गोली लागेर एक युवक घाइते भएका छन् । घनगढी बजारबाट स. ८ प ३१९१ नम्बरको मोटरसाइकलमा घर गइरहेको बेला गए राति ३० वर्षीय प्रदीप यादवमाथि बाटोमा चारपाँच जनाको समूहमा रहेकाहरुले गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यादवको देब्रे हातको हत्केलामा गोलीका छर्राहरु लागेको प्रहरीले जनाएको छ । उनको स्थानीय सास्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको प्रहरीले बताएको छ ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । आफूमाथि गोली प्रहारगर्नेमध्ये दुई जनालाई चिनेको घाइते यदवलाई उद्धृत गर्दै उनका आफन्तले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्