कसैको माग र जिद्धीका अगाडि सरकार झुक्दैनः प्रचण्ड

काठमाडौं, साउन ५ ।  पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सकारात्मक कार्य अगाडी बढाउन सरकार कसैको अगाडी नझुक्ने बताउनु भएको छ । राजधानीमा आयोजित नेत्रहीन संघको रजत महोत्सव र पर्यटन व्यवसायीसँगको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

याे पनि पढ्नुस  नेकपा अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अनावश्यक ढंगले वातावरण नबिग्रियोस भन्ने तिर हामी लागेका छौं । कसैको माग र जिद्धिका अगाडि सरकार झुक्ने कुरा सम्भव छैन । जिद्धी कसेर यही हुनुपर्छ भन्ने कुरा प्रजातन्त्र होइन ।’

अध्यक्ष प्रचण्डले अराजकता र अस्थिरतामा रमाउने एउटा वर्गलाई यो राजनीतिक स्थिरता मन नपरेको अाराेपसमेत लगाउनुभयाे । ‘अस्थिरता र अराजकतामा रमाउनेहरु र अस्थिरता र अराजकताबाट ब्रम्हलुट मच्चाएर करोडौं, अर्बौं कुम्ल्याउनेहरु अहिले त्यति खुसी छैनन्’, उहाँले भन्नुभयो ।

याे पनि पढ्नुस  कम्युनिष्टहरु एक भए भनेर झस्किनु पर्ने कारण छैन : प्रचण्ड

साथैं, उहाँले विकास र समृद्धिलाई अवरोध गर्ने कुरा प्रजातन्त्र नभएको बताउनुभयो । अध्यक्ष प्रचण्डले नकारात्मक ढंगबाट राजनीति गर्नेहरुलाई निरुत्साहीत गर्ने र स्थिरता र समृद्धिको वातावरण बनाउने तिर पार्टी र सरकार केन्द्रित भएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्