राहुल गान्धी भाइरल, मानिसहरुले गरे प्रीया प्रकाशसँग तुलना !

नयाँदिल्ली, साउन ५ । शुक्रबार भारतीय लोकसभामा भएको अविश्वास प्रस्तावमाथिको छलफलका दौरान कांग्रेस अध्यक्ष राहुल गांधीले आफ्नो सम्बोधनको शुरुवातमा प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाको कडा आलोचना गरे ।

तर सम्बोधन सकिएपछि राहुल गान्धी प्रधानमन्त्री मोदीको आसनमा मज्जाले अंकमाल गरे । प्रधानमन्त्री मोदीले पनि फर्किसकेका राहुललाई बोलाएर कानमा केही खासखुस गरेपछि राहुलको पीठमा धाप मारे ।

त्यसपछि राहुल आफ्नो सीटमा आए र हल्का मुस्कुराउँदै कसैलाई आँखा मारे जुन अहिले मिडियामा चर्चाको विषय बनेको छ । त्यसैगरी, राहुलले आँखा मारेको भिडियो अहिले सामाजिक सञ्जालमा वायरल भएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताका अनुसार शुक्रबार लोकसभामा कांग्रेस अध्यक्ष राहुलले आँखा मारेर यसअघि आखाँ मारेर सामाजिक सञ्जालमा भइरल भएकी प्रिया प्रकाशलाई मात गरिदिए ।

केही महिना अगाडि प्रियाले आखाँ मारेको भिडियो सामाजिक सञ्जालमा चर्चाको शिखरमा थियो । र उनको त्यो आँखा मार्दै गर्दाको अपीलमा मानिसहरु हायकाल भए । अहिले सामाजिक सञ्जालमा अध्यक्ष राहुललाई पनि उनैसँग जोडेर मानिसहरुले सामाजिक सञ्जालमा टीकाटीप्पणी गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्