डा‍. केसीको जीवन रक्षाको माग गर्दै माइतीघरमा भव्य प्रदर्शन

काठमाडौं, साउन ५ । गएको असार १६ गतेदेखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । प्रदर्शनमा विद्यार्थी, पेशाकर्मी, नागरिक समाजका अगुवा र विभिन्न दल नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ ।

शनिबार दिउँसो १२ बजेदेखि सुरु भएको प्रदर्शनमा पूर्वप्रभानमन्त्री बाबुराम भट्टरार्इ, विवेकशील साझा पार्टी नेपालका संयोजक रवीन्द्र मिश्र, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, कृष्ण पहाडी, श्याम श्रेष्ठ, साहित्यकार खगेन्द्र संग्रौला, अभिनेत्री मनिषा कोइराला लगायत व्यक्तित्वहरू पनि उपस्थित भएका छन् ।

स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार पारित गरिन पर्ने माग राख्दै प्राडा गोविन्द केसी गएको असार १६ गतेदेखि जुम्लामा अनशत थिए । तर सरकारले बिहीबार बल प्रयोग गरि काठमाडौं ल्याएपनि अहिलेसम्म समस्या समाधनका लागि छलफल हुन सकेको छैन ।

डा केसीको स्वास्थ्य दिनप्रतिदिन खराब हुँदै गइरहेको छ । केसीको स्वाथ्य अवस्था बिग्रदै जाँदा पनि ससकारले उनको मागप्रति वेवास्ता गरेको भन्दै प्रदर्शनकारीले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकार र मेडिकल माफियाविरुद्ध चर्काे नाराबाजी गरेका छन् ।

कमेन्ट गर्नुहोस्