डा.केसीका समर्थक र प्रहरीबीच वानेश्वरमा झड्पः अश्रु ग्यास प्रहार, स्थिति तनावपूर्ण

काठमाडौं, साउन ५ । डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै भएको प्रदर्शनमा क्रममा प्रहरी प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप भएको छ ।

शुक्रबार दिउँसो माइतीघरबाट शुरु भएको प्रदर्शन बानेश्व पुगेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केहि राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

झडपका क्रममा एक प्रहरी र केहि प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रदर्शनकारीले तीन वटा गाडी पनि तोडफोड गरेकाछन् ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गएको भन्दै विभिन्न अधिकारवादी संघ संस्था लगायतले प्रर्दशन गरेका हुन् ।

स्वास्थ्य क्षेत्र सुधारका लागि चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार पारित गरिन पर्ने माग राख्दै प्राडा गोविन्द केसी गएको असार १६ गतेदेखि जुम्लामा अनशत थिए । तर सरकारले बिहीबार बल प्रयोग गरि काठमाडौं ल्याएपनि अहिलेसम्म समस्या समाधनका लागि छलफल हुन सकेको छैन ।

डा केसीको स्वास्थ्य दिनप्रतिदिन खराब हुँदै गइरहेको छ । केसीको स्वाथ्य अवस्था बिग्रदै जाँदा पनि ससकारले उनको मागप्रति वेवास्ता गरेको भन्दै प्रदर्शनकारीले आक्रोश व्यक्त गरेका छन् । प्रदर्शनमा सहभागीहरुले सरकार र मेडिकल माफियाविरुद्ध चर्काे नाराबाजी गरेका छन् ।

कमेन्ट गर्नुहोस्