सिआईएको गम्भीर आरोपः चीन अमेरिकाका लागि मुख्य खतरा

काठमाडौं, साउन ५ । कोलोराडो, अमेरिकी जासुसी संस्थाले चीनविरुद्ध गम्भीर आरोप लगाएको छ । उसले अमेरिकालाई विश्वकै महाशक्तिको भूमिकाबाट बिस्थापित गर्न चीन सक्रिय भएको आरोप लगाएको हो ।

सिआइएका डेपुटी एसिसेन्ट डाइरेक्टर प्रमुख मिसेल कोलिन्सले एस्पेन सेक्युरिटी मञ्चमा बोल्दै चीनले शीतयुद्ध निम्त्याउन खोजेका बताए ।

“उनीहरुको शब्दमा र राष्ट्रपति शीले जे जसरी बोलिरहेका छन, त्यसबाट उनीहरु अमेरिकाविरुद्ध साँच्चिकै शीतयुद्ध निम्त्याउन खोजिरहेको स्पष्ट हुन्छ ।” कालिनले भने, “उनीहरु जायज नाजायज सब तरिकाले हाम्रो सार्वजनिक, नीजि, आर्थिक र सैन्य क्षमतालाई युद्ध नगरिकनै नै सबै तरिकाबाट परास्त गर्न खोजिरहेका छन् ।”

याे पनि पढ्नुस  क्रिकेट खेल्न सोमपाल अमेरिका नजाने, अरु ३ खेलाडीले भिसा नै पाएनन्

कोलिनले शी विचारधाराको सन्दर्भ उल्लेख गर्दै वर्तमान अवस्थामा अमेरिकाका अगाडि चीन सबैभन्दा ठूलो चुनौती भएको बताए ।

कोलिनको अभिव्यक्ति राष्ट्रपति ट्रम्पले चीनबाट आयात हुने सबै बस्तुमा कर थप्ने घोषणा गरेको केही समयपछि आउनुले उनको भनाईलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

याे पनि पढ्नुस  चीनले बनाउँदै छ विश्वकै नमूना सहर (फाेटाेफिचर)

हालैका दिनमा चीन र अमेरिकाबीच व्यापारिक र सामरिक तनाव बढेर गएको छ । साउथ चाइना समुन्द्रमा अमेरिकी उपस्थितिको चीनले बारम्बार बिरोध गर्दै आएको सन्दर्भममा पछिल्लो समयमा अमेरिकाले चीनबाट आयात हुने सामानमा उल्लेख्य कर थपेको छ ।

सिआइए मात्र नभए फेडरल ब्यूरो अफ इन्भेष्टिगेटिसनका पदाधिकारीहरुले समेत कोलिनकै जस्तो मत व्यक्त गरेका छन् । उनीहरुले अमेरिकी नीति, प्रशासन र राज्यका लागि चीन अहिले सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्