गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले निशुल्क स्वास्थ्य शिविर गर्दै

दोहा, साउन ५ । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले एक दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

८ जुन २०१८ का दिन बसेको समितिको पाँचौ पूर्ण बैठकको निर्णय अनुसार संस्थाको सुरक्षा तथा जनचेतना अभिवृद्धि समितिको सक्रियतामा दोहाको अद्यौगिक क्षेत्र सनैयामा रहेको कान्तिपुर मेडिकल सेन्टरसँगको सहकार्यमा जुलाई २७ तारिकका दीन एक दिने निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको हो ।

२७ तारिख शुक्रबारको बिहान ९ बजेबाट सुरु हुने स्वास्थ्य शिविरमा कतारमा रहेका नेपाली संघ संस्थाहरु र कतारमा कार्यरत नेपालीहरुलाई उपस्थिति भइ शिविरबाट लाभ लिन परिषद् कतारले अनुरोध गरेको छ ।

शिविरमा ब्लड प्रेसर (रक्तचाप) जाँच, मधुमेह (सुगर) जाँच ,बीएमआइ जाँच , दातको जाँच गर्नुको साथै विशेषज्ञद्वारा अन्य स्वास्थ्य जाँच गरिने एनआरएनए कतारका महासचिब बुधबल गुरुङ्ग जानकारी दिए ।

उक्त दिन जाँच पछि उपचार गर्नु परेमा २० देखि ५० प्रतिशतसम्मको छुटको व्यवस्था पनि रहेको जानकारी गराएको छन ।

कमेन्ट गर्नुहोस्