लेटाङ प्रिन्सेसको ताज सुजता खतिवडालाई

एक लाखको अक्षयकोष स्थापना

साउन ५ । लेटाङ लायन्स कलबको आयोजनामा सम्पन्न भएको लेटाङ प्रिन्सेसको ताज १८ वर्षीया सुजता खड्काले ताज जितेकी छिन। ताजसँग खड्काले विभिन्न प्रकारकार गिफ्ट हयाम्पर हात पारेकी छन् ।

लेटाङ नगरपालिकाको वडा नम्बर ५ को ग्रीनपिस पार्टी प्यालेसको दर्शकले खचाखच भरिएको हलमा सम्पन्न फिनाली राति १२ बजेसम्म चलेको थियो । एक महिनासम्मको बन्द प्रशिक्षणमा विभिन्न तालिमहरु दिइएको थियो ।

मिसेस नेपाफ ग्लाम कि सेकेन्ड रनरअप मस्ट ट्यालेन्ट टाइटल जितेकी शान्ति पाख्रिनले उद्घोषक , नेतृत्व बिकास, सामाजिक सचेतना, क्याटवर्क साथै विभिन्न क्षेत्रहरु, बाल आश्रमसहितका विषयमा प्रशिक्षण दिएका थिइन ।

४१ जना प्रतियोगीलाई पछि पार्दै खतिवडा ताज जित्न सफल भएकी हुन । चर्चित नायिका संचिता लुइटेलको तपाईं कसरी खुसी हुनुहुन्छ ? भन्ने प्रश्न को चोटिलो उत्तर दिदै प्रतियोगी नं ३० सुजता लेटाङ प्रिन्सेसको ताज जित्न सफल भएकी हुन ।

मिस्टर हन्ट इन्टरनेशनल साजिद आल्म, कोरियोग्राफर आशिवकान्त झा, नायिका संचिता लुईटेल, मिस्टर एसईई पेरिस सुवेदी, नेहारिका कलेजका निर्देशक रुपेस खतिवडा निर्णयक मण्डलले खतिवडालाई विजेताको घोषणा गरेको थियो ।

ताजसँगसँगै उनले नेहारिका कलेज बिराटनगरबाट १ लाख ४०हजारसम्मको छात्रवृत्ति, ज्योति लाइफ इन्स्योरेन्सबाट पाँच लाखको जीवन बिमासहित अन्य दर्जर्नौ आकर्षक पुरस्कार हात पारिन।

निर्णायकले बिजेता बनेकी खतिवडा समाजसेवा, मोडलिङ र गायन क्षेत्रमा पनि रुचि राख्छिन्। यसैगरि फस्त, सेकेन्ड र थर्ड रनअपको ताज क्रमशः जानुका मगर, दिपा लिम्बू , नाइसा दिवालीले जिते । उनीहरुले ताज, छात्रवृत्ति र विभिन्न पुरस्कार हात पारे।

लाइन्स कल्बकी अध्यक्ष तथा कार्यक्रमको कोरियोग्राफर शान्ति पाख्रिनले आफूले काठमाडौंमा सिकेको कुरा आफ्नो क्षेत्रमा लागू गर्ने प्रयास रुपम उक्त कार्यक्रम लेटाङमा आयोजना गरिएको हो ।

विभिन्न संघसंस्थालाई चुनौति दिदै उनले अति न्यून खर्चमा भव्य र सभ्य कार्यक्रम सम्पन्न गरिन । साथै पाख्रिनले अन्य खर्च कटाएर र आफूले पारिश्रमिक नलिए लेटाङमा एक लाख रुपैयाँको अक्षय कोषको स्थापना गरेकी छन् । कोषबाट भएको आम्दानीबाट अनाथ बालबालिकालाई सहयोग गर्ने उनले बताइन ।

कार्यक्रमको उद्घाटन प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गरेका थिए । मन्त्री घिमिरेले पाख्रिनको कामको मुक्तकण्ठले स्वागत र प्रशंसा गरे ।

कमेन्ट गर्नुहोस्