अन्तर्राष्ट्रिय रोल्पा समाज कतारद्वारा ‘घर्ती बचाऊ अभियान’ मा करीब ३ लाख सङ्कलन

दोहा, साउन ५ । अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज कतारले दिलबहादुर घर्ती बचाउ अभियानमा संकलन गरिएको रकम सार्वजनिक गरेको छ । समाजले शुक्रबार हवाइट हाउस रेस्टुरेन्ट सनैयामा पत्रकार सम्मेलन गरि उक्त रकम सार्वजनिक गरेको हो ।

साउदी अरबमा जेल जीवन बिताइरहेका घर्तिलाई समाजले सुचारु गरेको अभियानमा अन्तर्राष्ट्रिय रोल्पा समाज अन्तरर्गत जिल्ला, गाबिस स्तरीय संघ सस्थाहरुको सक्रियतामा जनप्रगतिसिल सेवा समाज नयाँ बस्ती लुङग्री ३, गुम्चाल प्रवासी सेवा समाज, रांक प्रवासी सेवा समाज, बराहक्षेत्र संक्षण समिति बडाचौरको विशेष पहलमा नेपाली दुई लाख पचहत्तर हजार संकलन गरेको छ ।

अभियानबाट सङ्कलन भएको रकम केहि दिन भित्रमै अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज केन्द्रिय कार्यलय काठमाडौ मार्फत निजको परिवारलाई हस्तान्तरण गरिने सस्थाका आर्थिक संयोजक दुर्गा खडकाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पीडित घर्तिको घरमा श्रीमती, ८ बर्षकी छोरी र ४ बर्षको छोरा छन । घर्ती २०७२ साल १० महिना १८ गते रोजगारीको सिलसिलामा साउदी अरब पुगेका थिए । साउदी पुगेको तीन महिना मै सवारी चलाउने क्रममा गाडी ठोकिएर स्थानीय नागरिकको ज्यान गएपछि उनी मिती २०७३ साल जेष्ठ महिनाको ३० गते जेल चलान भएका थिए ।

मृतको परिवारले ब्लड मनी स्वीकार गरे घर्तिलाई स्वदेश फर्काउन सकिने साउदी नागरिक उच्च् अदालतले घर्तीको पक्षमा ७५५ गल्ति देखाई उनलाई साउदी रियाल २,२५००० मृतकको परिवारलाई क्षतिपूर्ति दिनु पर्ने फैसालाको निर्यण प्रति पक्षमा नेपाली दुतावास रियादले अदालतमा पुनरावेदन गरेको थियो ।

समाजले कतारमा आफ्ना पदाधिकारी जिल्लाका विभिन्न गाउँ ,वडा स्तरिय संघ संस्थाहरु मार्फत सहयोग संकलन गरेको थियो । कार्यक्रमका सभापति केशबराज खडकाले घर्ती बचाऊ अभियानमा सहयोग गर्नुहुने सबैलाई धन्याबाद दिए ।

कमेन्ट गर्नुहोस्