जनतालाई ठग्ने र राज्य दोहन गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री

सर्लाही, साउन ५ । गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका अपराध र अपराधीलाई निस्तेज गर्न गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

नेपाल मगर संघ २ नं प्रदेश समितिले शनिबार सर्लाहीको लालबन्दीमा आयोजना गरेको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै गृहमन्त्रीले जनतालाई ठग्ने, विकास निर्माणका काममा लापरबाही गर्ने र राज्यको राजश्व दोहन गर्ने सबैलाई क्रमैसँग कारबाही गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

पहिचान, प्रतिनिधित्व र प्रगतिका निम्ति सबै जातजातिले आ–आफ्नो ठाउँबाट आवाज बुलन्द गर्न जरुरी रहेको बताउँदै गृहमन्त्री थापाले देशको समृद्धि र विकासका लागि मगर समुदायले पु¥याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा २ नंं प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले यो प्रदेशलाई समृद्ध र विकसित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल मगर संघ २ नं प्रदेश समितिका संयोजक लेखराम जर्गामगरको अध्यक्षतामा भएको कार्यक्रममा गृहमन्त्री थापा, मुख्यमन्त्री राउत, प्रदेशसभा सदस्य बेची लुंगेलीलगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा मगर संघका केन्द्रीय तथा २ नं प्रदेशका ८ वटै जिल्लाका मगर अगुवा सहभागी भएका थिए ।

कमेन्ट गर्नुहोस्