बलिउड क्वीन कंगना र रितिकबीच भिड्न्त हुँदै, कसले मार्ला बाजी ?

काठमाडौं, साउन ४ । बलिउड क्वीन कंगना रनौत र अभिनेता रितिक रोशनबीचको मिठो तीतो सम्बन्धका बारेमा धेरैलाई जानकारी छ । यी दुईबीच फेरि एक पटक जबरजस्त टक्कर हुँदै छ । तर त्यो बक्सअफिसमा हुनेछ । स्रोतका अनुसार कंगनाको फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ र रितिकको ‘सुपर ३०’ आगामी २५ जनवरी २०१९ मा एक दिन रिलिज हुने भएका छन् ।

कंगना र रितिकबीच करीब ३ ४ वर्ष अघिदेखि व्यक्तिगतरुपमा सम्बन्ध राम्रो छैन् । यी दुईबीच सन २०१४ अगाडि ‘प्रेम सम्बन्ध’ भएको बताइन्छ । तर पछि एकाएक उनीहरुबीच सम्बन्ध यसरी विग्रियो कि अदालतसम्म पुगें ।

अब दुबैका फिल्म गणतन्त्र दिवसको छेको पारेर प्रदर्शन हुँदै छन् । मणिकर्णिकाका निर्माता कमल जैनले आगामी जनवी २५ मा फिल्म प्रदर्शनको मिति शनिबार सार्वजनिक गरेका हुन । यो फिल्म झांसीकी रानीको साहसिक र बहादुरीपूर्ण कथामा आधारित छ ।

कंगना रानीको भूमिकामा छन् । भने रितिक सुपर ३० मा गणितज्ञ आनन्द कुमारको भूमिकामा देखा पर्ने छन् । आनन्द गरीब होनहार बच्चको इन्जिनियर बन्ने सपना साकार पार्न मद्दत गर्दछन् ।

कंगनाले अहिलेसम्म तीन पटक भारतीय नेशनल अवार्ड हात पारि सकेकी छन् । उनी यति सानो उमेरमा उक्त अवार्ड पाउने पहिलो अभिनेत्री हुन । एजेन्सी

कमेन्ट गर्नुहोस्