बिनाको चेली मेकअप स्टुडियो उद्घाटन गर्दा गौरी मल्ल भइन भावुक

काठमाडौं, साउन ५ । दुई दशक अघि फिल्म शुटिङमा छोरी भनेर मायाँ गरेकी बच्ची ठुली भएर उनकै मेकअप स्टुडियोको उद्घाटन गर्दा अभिनेत्री गौरी मल्ल खुसी र भावुक भइन । गोदावरीकी विना रानामगर बल्यकालमा गौरी मल्लको चलचित्रको छायाँकन हेर्न गोदाबरी जान्थिन् । त्यतिबेला गौरीले बिनालाई छोरी र बिनाले गौरीलाई आमा भनेर निकै माया गर्थे ।

यी दुईबीच २० वर्षपछि शुक्रबार भेट भयो । आफुले आमा मानेकीे अभिनेत्री गौरी मल्ललाई २० वर्षपछि प्रमुख अतिथि बनाएर मेकअप आर्टिस्ट बिना रानामगरले काठमाडौंको कालीमाटी चौकमा ‘चेली मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टर’ खोलेकी छिन् । उनकीे चेली मेकअप स्टुडियोको गौरी मल्लले शुक्रबार उद्घाटन गरिन् ।

बाल्यकालमा आफुलाई गौरीले छोरी भनेर सम्बोधन गर्दाको क्षण बिनाले स्मरण गराउँदै दुबै भावुक भए । आहिलेको अबस्थामा घरमा मेकअप गर्न फुर्सद नहुनेलाई सुविधा सम्पन्न स्टुडियो खेलेर बिनाले राम्रो काम गरेको गौरीले बताइन । अब आफुले बिनाकोमा फेसियल, मेनिक्योर, पेडीक्योर लगायतको सेवा लिन आउने पनि गौरी मल्लले बताइन ।

आफुले आमा मानेकी गौरी मल्ललाई भेटेर उनको हातबाट २० वर्षपछि मेकअप स्टुडियो उद्घाटन गराउन पाउँदा खुसी लागेको बिनाले बताइन । आफ्नो स्टुडियोमा सबै प्रकारको मेकअप, नेल आर्ट, मेहन्दी आर्ट, फेसियल, व्युटी सम्बन्धि सम्पूर्ण सेवासँगै प्रशिक्षणको पनि सुविधा रहेको बिनाले जानकारी गराइन ।

कमेन्ट गर्नुहोस्