ओली र देउवाबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । भेटमा देउवाले प्रधामन्त्रीलाई अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सुझाव दिएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई त्यस्तो सुझाव दिएका काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सो भेटमा सभापति देउवाले नयाँ वानेश्वरमा नेपाल तरुण दलको प्रदर्शनमा भएको झडपबारे चाँसो व्यक्त गर्दै आफ्नो नेतृत्वको सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश नै विद्यमान समस्याको समाधान भएको बताए । -रासस

कमेन्ट गर्नुहोस्