१५ वर्षअघि गहना पसल लुट्ने गिरोह पक्राउ, १६ वर्षमा ४ हजार करोडको चोरी !

पेरिस, साउन ६ । एउटा ठूलो गहना चोरी गर्ने गिरोहलाई सर्बियामा पक्राउ गरिएको छ । यो समूहले १५ वर्ष पहिले फ्रान्सको एउटा ज्वेलरी पसलमा चोरी गरिएदेखि नै खोजी शुरु भएको थियो । इन्टरपोलका अनुसार, यो गिरोहले सन् १९९९ देखि २०१५ को बीचमा करिब ४८१ स्थानमा चोरी गरेका थिए । उनीहरुे ३९१ मिलियन डलर अर्थात करिब को चोरी गरिएको प्रहरीको दावी छ ।

कसरी परे पक्राउ ?
फ्रान्समा सन् २००४ को सेप्टेम्बरमा मुख ढाकेर आएका चोरहरुले बेलफोर्ट क्षेत्रमा हतियार देखाएर एक मिनेटभित्रै काँचका शो केस तोडेर ४ लाख ५० हजार यूरो को ज्वेलरी र घडी चोरेका थिए ।

चोरी कसले गरेको भन्ने कुरा खुल्न नसकेपछि घटनास्थलमा प्राप्त रगतका थोपाहरुको डिएनए परीक्षण गरिएको थियो । डीएनए परीक्षणमा दुई जना सर्बिया नागरिक जीका र बोका यसमा संलग्न भएको पत्ता लाग्यो । फ्रान्समा उनीहरुलाई कसैले नचिने पनि उनीहरु अष्ट्रियामा भने वान्टेड अपराधी रहेको थाहा भयो ।

त्यसपछि फोन रेकर्डका आधारमा यो घटनामा सासा र लुका नाम गरेका दुई अन्य चोरहरु पनि संलग्न रहेको थाहा भयो । त्यसपछि इन्टरपोलको सहायताले लामो खोजपछि उनीहरु पक्राउ परका हुन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्