सञ्जय दत्तमाथि अर्को फिल्म बनाउने घोषणा, ‘सञ्जु-द रियल स्टोरी’ माथि परिवारकै आपत्ती

मुम्बई, साउन ६ । वलिउड अभिनेता सञ्जय दत्तमाथि फेरी अर्को फिल्म निर्माणको घोषणाले बलिउड तातेको छ । राजकुमार हिरानीले निर्माण गरेको सन्जु चलचित्र सुपरहिट भएको अवस्थामा अर्को चलचित्र किन बनाउनु पर्ने हो भन्ने विषयमा सञ्जय दत्तकै परिवारका सदस्यहरुले प्रश्न उठाएका छन। ।

सञ्जुले अहिलेसम्म भारतमा मात्रै ३२५ करोड कमाई गरिसकेको छ । चलचित्रलाई धेरैले मन पराएपछि सञ्जयदत्तको जीवनलाई नजिकसँग बुझेकाले भने यसको आलोचना समेत गरेका छन् ।

यही अवस्थामा सञ्जयदत्तमाथि अर्को फिल्म बनाउने घोषणा गरेका हुन-रामकुमार बर्माले । खासगरी थ्रिलर र सस्पेन्स फिल्म बनाउँदै आएका निर्देशक रामकुमार बर्माले सञ्जु चलचित्र राम्रो भएपनि मुम्बई बम ब्लाष्टमा सञ्जयदत्तको संलग्नतालाई लिएर उठेका विषयमा भने यो चलचित्रले खासै प्रकाश पार्न नसकेको बताउँदै नयाँ फिल्म बनाउने घोषणा गरेका हुन ।

बर्माले सञ्जय दत्तसँग दुई वटा चलचित्रमा काम गरेका छन् । सन्जु द रियल स्टोरी नाम दिइएको यो चलचित्रमा मुम्बई बम ब्लास्टको घटनालाई मुख्यरुपमा देखाइने छ । बर्माको यो घोषणाको सञ्जय दत्तकी बहिनी नम्रताले भने बिरोध गरेकी छिन् ।

उनले मिड डे पत्रिकासँग कुरा गर्दै बर्माले सञ्जयदत्तसँग चलचित्र बनाउन अनुमति लिनुपर्ने बताएकी छिनश । राम गोपाल बर्माका चलचित्र निकै डार्क हुने हुँदा उनले किन सञ्जय दत्तमाथि फिल्म बनाउन खोजिरहेका छन् भन्ने कुरा आफूले बुझन नसकेको उनले बताएकी छिन् । ‘उनी किन हामीलाई फेरी त्यही दुख दिन चाहन्छन ? उनले प्रश्न गरेकी छिन् । –एजेन्सी

कमेन्ट गर्नुहोस्