विश्व हिन्दु महासंघका अध्यक्ष सिंहको निधन

काठमाडौं, साउन ६ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भरतकेशर सिंहको निधन भएको छ । उनको उपचारका क्रममा काठमाडौंको बल्खुमा रहेको बयोधा अस्पतालमा निधन भएको हो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । उनी राजपरिवारका पूर्व अंग रक्षक पनि हुन् ।

कमेन्ट गर्नुहोस्