‘नाकैमा फूली’ गीत युट्युबमा सार्बजनिक (भिडियोसहित)

काठमाडौं । ‘नाकैमा फूली बोलको’ प्रतिक्षित गीत केही समयअघि मात्र म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

सम्राट क्रियशनले यस गीतलाई सार्वजनिक गरेको हो । गीतमा अलिक बढी नै खर्च भएको कुरा सम्राट क्रियशनका सिइओ तथा गीतका निर्देशक सुमन दाहालले बताएका छन् ।

नाकैमा फूली सबै हिसाबमा नवीनतम शैलीको छ ।

सहिमा श्रेष्ठले पहिलेका गीतभन्दा फरक शैलीमा गाएकी छिन् । सहिमाले आफूले यस्तो खाले गीत पहिले कहिल्यै नगाएको पनि बताइन् । यस सार्वजनिक गीतको शब्द शान्ति प्रियले लेखेका छन् । नेपालीमन नेपाली पन भएको लोकपप शैलीमा आफूले गीत लेखेको प्रियले बताएका छन् ।

गीतका संगीतकार भने दिपक शर्मा हुन् । दिपकले गीतलाई नयाँ बनाउन प्रयास गरिएको बताए । गीतमा निता ढुंगानालाई फिचरिङ गरिएको छ भने उनलाई संजय खतिवडाले साथ दिएका छन् । गीतको भिडियो हेर्न लायकको बनेको प्रतिक्रिया निर्देशक दाहालले दिएका छन् । गीतलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् भने सम्पादक सुरेश राउत हुन् ।

गीतको छायांकन इश्वर सिंकेमनले गरेका हुन् भने शुशील जोशीको श्रृंगार रहेको छ ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्