ट्रककाे ठक्करबाट मोटरसाईकलमा सवार २ जनाकाे मृत्यु

बुटवल, बुटवलमा ट्रकको ठक्करबाट मोटरसाईकल खसेपछि दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाँउपालिका–३ दोभानबजार नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको ना ३ ख ट्रक १००८ ट्रकले अगाडि गुडिरहेको लु२१प ९६८० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवारी दुबै जनाको शव तिनाउ खोलाको छेउमा भटिएकाे छ ।

मोटरसाइकल भीरबाट दुई सय मिटर तल खोलाको छेउमा पुगेकाले निकाल्न केही कठिनाई भएको छ । डोरीको सहायताबाट शव निकाल्ने तयारी गरिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको घिमिरेले बताए । दुर्घटनाग्रस्त मोटरसाइकल सडक छेउमा अड्किएको छ ।

कमेन्ट गर्नुहोस्