सभापति देउवाको विदेश भ्रमण स्थगित

काठमाडौं, साउन ६ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सातदिने विदेश भ्रमण स्थगन गरेका छन् ।

मुलुकमा पछिल्लो समय विकसित राजनीतिक परिस्थितिलाई ध्यानमा राखी उनले विदेश भ्रमण स्थगन गरे कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री देउवाले अहिलेको स्थितिमा देशमै रहेर कार्य गर्नुपर्ने आवश्यकताका कारण आइतबार अपराह्न विदेश प्रस्थान गर्ने भ्रमण स्थगन गरेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्