काननीमन्त्रीको अभिव्यक्तिप्रति नेकपाका प्रवक्ताले मुख खोले- ‘सरकारको गम्भीर ध्यान जाओस’

काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले शनिबार राजधानीको एक कार्यक्रममा गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै त्यस विषयमा तत्काल सरकारको ध्यान जानु पर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमा ट्वीटरमा ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन । सरकारको मन्त्रीले सार्वजनिक कार्यक्रममा त्यस्तो अभिव्यक्ति दिनु दुःखद भएको भन्दै यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

साथै प्रवक्ता श्रेष्ठले व्यवसायी तथा झापाको बीएण्डसी मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईले पनि बंगलादेशमा पढ्ने महिला विद्यार्थीबारे गरेको टिप्पणी आपत्तिजनक रहेको उनको उनले बताए ।

शनिबार राजधानीमा एसइई उतीर्ण विद्यार्थीहरुको सम्मानमा आयोजित कार्यक्रममा कानुनमन्त्री तामाङले भनेका थिए, ‘आज म कथा खोल्छु । बंगलादेशमा हाम्रा कोही चेलीहरु, हाम्रा छोरीहरु डाक्टर पढ्न जानुहुन्छ भने मैले सुनेको छु, सर्टिफिकेट लिनका लागि उसले कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ ।’

त्यसैगरी, बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले बंगलादेश पढ्न जाने नेपाली छात्राहरुलाई प्राध्यापकहरुले यौन शोषण गरेर राखेको अभिव्यक्ति दिएका थिए । कानुनी मन्त्री शेरबहादुर तामाङले प्रसाईको कुरालाई समर्थन गर्दै त्यस्तो अभिव्यक्ति दिएका थिए ।

कमेन्ट गर्नुहोस्