निजी मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण गर्न नेकपाका युवा विद्यार्थी संगठनको माग

काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवा संघ र विद्यार्थी संगठनले देशमा निजीस्तरबाट सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गर्न माग गरेको छ ।

आइतबार वाइसीएल नेपाल, युवा संघ नेपाल, अलिख क्रान्तिकारी र अनेरास्ववियूका अध्यक्षले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्लाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेण्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजलार्इ राष्ट्रियकरण गर्न वा गैरनाफा मुलक ट्रस्टमा रुपान्तरण गरियोस् ।’

कमेन्ट गर्नुहोस्