स्व. पराजुलीको १३ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा

दाेहा, साउन ६ । चितवन युवा समुह कतारले समाजका निबर्तमान कार्यसमिति सदस्य स्व श्री घनश्याम पराजुली ‘कृष्ण’को १३औ दिनको पुण्य तिथिको अवसरमा शोक सभा सम्पन्न गरेको छ ।

करिब सात बर्ष लामो कतारको बसाईबाट पाँच महिना अगाडि नेपाल फर्किएर ब्यबसाय सुरु गरेका स्व पराजुलीको सडक दुर्घटना परि उपचारको क्रममा असार २५ गते निधन भएको थियो ।

श्रद्धाञ्जली सभामा बोल्दै वक्ताले मिलनसार, सरल एवं समाजसेवी व्याक्तित्वको निधनबाट समग्र समाजमा अपूर्णनीय क्षति पुगेको बताए । कतारमा रहदा विभिन्न संघसंगठनमा आवद्ध रहेर समाज सेवामा सक्रिय रहेका स्व पराजुली नेपाल पत्रकार महासङ्ग कतार शाखाका निबर्तमान कोसाध्यक्ष थिए ।

चितवन युवा समुह कतारका कार्यबाहक अध्यक्ष लाल भट्टको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि एवं चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समीर खत्री, प्रवासी नेपाली मंचका अध्यक्ष चाणक पोख्रेल, एनआरएनए एनसीसी कतारका सचीव रामजी खत्री, नेपाल पत्रकार महासङ्ग कतार शाखा पुर्ब अध्यक्ष गणेश प्रसाद बन्जाडे, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई, लमजुङ सेवा समाज अध्यक्ष बिष्णुलाल श्रेष्ठ, रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल कतार शाखा अध्यक्ष कृष्ण बराल लगाएतले शोक मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्व पराजुलीको जिवनि बारेमा युवराज शर्माले जानकारी गराएका थिए भने समाजका पूर्व महासचिव सुरेश परियारले संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्