स्वास्थ्य मन्त्री यादवसँग सातै प्रदेशका सामाजिक विकास मन्त्रीको सामूहिक भेट

काठमाडौं, साउन ६ । ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले आज उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग सामूहिक भेट गरेका छन् ।

आइतबार रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयमा भएको सो भेटमा मन्त्रीहरुले प्रदेशस्तरमा रहेका स्वास्थ्य समस्याहरु बारे अवगत गराएका थिए । प्रदेश र केन्द्रबीच स्वास्थ्य क्षेत्रमा कसरी समन्वय एवं सहकार्य गर्ने बिषयमा आजको बैठक केन्द्रीय रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

केन्द्र र प्रदेशको कानूनमा समानता, नीति योजना तथा बजेट कार्यान्वयमा सहजताको स्वास्थ्य मन्त्रीसँग छलफल गरिएको मन्त्री रावलले बताए । शनिबार ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरुले बैठक बसेर स्वास्थ्य, शिक्षा लगायतका विषयमा सम्बन्धित मन्त्रीहरुसँग भेट गर्ने निर्णय गरेका थिए ।

कमेन्ट गर्नुहोस्