तरुण दलले बुझायो प्रजिअलाई ज्ञापन पत्र

भापा, साउन ६ । नेपाल तरुण तल जिल्ला कार्य समिति झापाले डा. गोविन्द केसीको समर्थनमा काठमाडांैमा शनिबार नेपाल तरुण दल केन्द्रीय कार्य समितिले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गरेको दमनको विरोध गरेको छ ।

डा. गोविन्द केसीको माग पुरा गर्नुपर्ने, चर्को मुल्य वुद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा निकालिएको जुलुसमा प्रहरीले नेपाल तरुण तलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत लगायत अन्य कार्यकर्ता माथि कुटपिट गरेको थियो ।

जिल्ला प्रसासन कार्यालय अगाडि कोण सभा गर्दै जिल्ला कार्य समिति झापाले तरुण दलका कार्यकर्तामाथी हातपात गर्नु निन्दनीय कार्य रहेको भन्दै चिकित्सा शिक्षा विधेयक पूर्र्णरुपमा पारित गर्नुपर्ने, इन्टरनेटमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने चर्काे मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, संविधानको धारा ९१ को पालना गर्नुपर्ने लगायतको माग राती आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला कार्यसमितिका अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा भएको कोण सभामा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष उप्रेती, तरुण दलका पूर्व अध्यक्ष भुमिराज राई, तरुण दलका केन्द्रीय सदस्य मदन बुढाथोकी लगायतले कोण सभालाई सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्