सीता र टंकको तीज गीत ‘ओ प्रभु सरकार’ (भिडियोसहित)

काठमाडौं, साउन ६ । हिन्दु नारीहरुको महान् पर्व तीज नजिकीएसँगै बजारमा एकपछि अर्को गर्दै नयाँ–नयाँ तीजका गीतहरु सार्वजनिक हुने क्रम बढेको छ । यसैबीच, गायिक सीता खड्काले ‘ओ प्रभु सरकार’ बोलका तीज गीत बजारमा ल्याएकी छन् ।

गीतलाई म्यूजिक नेपालले आइतबार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा सीतालाई चर्चित गायक टंक तिमिल्सिनाले साथ दिएका छन् । गीतलाई सुदूरपश्चिमको बझाङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । गीतको शब्द र संगीत सीताकै हुन ।

सुन्दर बोहरा, बीना रोकाया, सीता खड्का र दिलीप डाउकाले यो गीतको म्युजिक भिडियोमा नृत्य गरेका छन् । उक्त म्युजिक भिडियोलाई सतिस सिन्हाले छायाँकन र सम्पादन गरेका हुन । भने म्युजिक भिडियोलाई एलिश इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो।

हेर्नुस् भिडियो :

 

कमेन्ट गर्नुहोस्