डा केसीलाई भेट्न अस्पताल पुगें नेकपाका प्रवक्ता श्रेष्ठ

काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अनसनरत डा गोविन्द केसीसँग महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर भेट गरेका छन् । आइतबार साँझ अस्पताल पुगेर श्रेष्ठले केसीलाई चिकित्सकलाई स्वास्थ्य परीक्षण गर्न दिन आग्रह गरेका बताइएको छ ।

स्वास्थ्य क्षेत्रको समग्रह सुधारको माग गर्दै गएको असार १६ गते जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशन शुरु गरको डा केसीलाई बिहीबार सरकारले बल प्रयोग गरेर काठमाडौं ल्याए पनि उनी आइसीयूमा बसेनन् र स्वास्थ्य परीक्षण गर्न पनि दिएका छैनन् ।

भेटमा नेकपाको प्रवक्ता श्रेष्ठले डा केसीका मागका सम्बन्धमा घनीभूत रुपमा पार्टीभित्र छलफल भइरहेकाले स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका थिए । श्रेष्ठले भने, ‘तपाईका मुद्दा कुन ठीक, कुन बेठीक छलफल भइरहेको छ । तर स्वास्थ्य परीक्षण गर्नुस् ।’

तर डा केसीले यसबारेमा कुनै प्रतिक्रिया नदिएको बताइउको छ । डा केसीको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको माग गर्दै १५ औं अनशन हो । डा केसीे अध्यादेश अनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्नै अडानमा छन् ।

कमेन्ट गर्नुहोस्