बन्दूकधारीद्वारा ११ जना ट्याक्सी ड्राइभरको हत्या

जोहनसबर्ग, दक्षिण अफ्रिकामा एकजना बन्दूकधारीले ११ जना ट्याक्सी ड्राइभरको हत्या गरेका छन् ।

गौटेङ राज्यबाट जोहनसबर्ग गइरहेको बेला उनीहरुलाई एम्बुसमा पारी हत्या गरिएको विविसीले जनाएको छ ।

प्रहरीका अनुसार, मारिएका र घाइते भएकाहरु आफ्नो साथीको मृत्युसंस्कारमा सहभागी भएर फर्किरहेका थिए ।

हत्या कसले कुन उद्देश्यले गरेको हो भन्ने कुरा अझै खुल्न सकेको छैन ।

दक्षिण अफ्रिकामा सार्वजनिक यातायातका रुपमा मिनिबस ट्याक्सीहरु निकै प्रचलित छन् ।

पछिल्लो दिनमा हत्याको श्रृंखला निके बढेर गएको छ ।

Feature Image: AP/Getty

कमेन्ट गर्नुहोस्