काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती विष्फोट, ११ को मृत्यु, १४ घाइते

काबुल, अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमासनस्थलमा आत्मघाती विष्फोट भएको छ । विष्फोटमा परी ११ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

अफगानी उप राष्ट्रपति रसिद दोस्तमलाई लक्षित गरी उक्त विष्फोट गरिएको जनाइएको छ । अल जजिराका अनुसार, उप राष्ट्रपति रसिद एक वर्षभन्दा बढीको निर्वासनपछि स्वदेश फर्किँदै थिए ।

याे पनि पढ्नुस  'गजनीमा भएको भीडन्तमा करिब ३०० व्यक्तिको मृत्यु’

विष्फोट विमानस्थलको मुख्य प्रवेशद्वारमा भएको थियो । उक्त स्थानमा रसिदका समर्थकहरु उनको स्वागतका लागि उभिएका थिए ।

रसिद भने सुरक्षाकर्मीको घेराबन्दीमा बिना कुनै नोक्सानी उम्किन सफल भएको प्रहरीले जनाएको छ ।

रसिद निस्केको केही छिनमा नै विष्फोट भएको प्रहरीको भनाई उद्दृत गर्दै अल जजिराले उल्लेख गरेको छ ।

याे पनि पढ्नुस  राेल्पामा महरा, अनन्त र ओनसरीमाथि बम प्रहार

घटनामा मृत्यु हुनेमा सर्वसाधारण र एकजना बालक रहेका छन ।

घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा मानवअधिकार उल्लंघनका घटनामा मुछिएका रसिद गत वर्षको मे महिनादेखि टर्कीमा बस्दै आएका थिए ।

कमेन्ट गर्नुहोस्