आजदेखि उपत्यकाको फोहोर उठ्ने

काठमाडौं, साउन ७ । तीन हप्तादेखि रोकिएको उपत्यकाको फोहोर आजदेखि व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले आज सोमबारभित्र राजधानीको फोहोर व्यवस्थापन भइसक्ने दाबी गरेको छ ।

सिसडोल ल्लायन्डफिल साइटको बाटो बिग्रिएको कारण फाहोर व्यवस्थापन कार्यमा समस्या आएको थियो । वातावरण व्यवस्थापन महाशाखा प्रमुख हरि कुँवरले लगातार पानी परेको कारण सिसडोलामा फोहोर व्यवस्थापन गर्न समस्या भएको जानकारी दिए। उनले पानी पर्ने क्रम रोकिएसँगै उपत्यकाको फोहोर व्यवस्थापन सहज भएको बताए ।

फोहोरले पूर्ण रुपमा भरिएको सिसडोल ल्यान्डफिल साइटको अवस्था बिग्रदै गएको छ । यही अवस्थामा फोहोर व्यवस्थापन भए करिब तीन महिनामा ल्यान्डफिल साइट पूर्ण रुपमा भरिनेछ । सरकारले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा नराखेको कारण वर्षात्मा दैनिकजसो समस्या पर्दै गएको छ ।

कति दिन फोहोरको डंगुरमा बाटो बनाउँदै फोहोर व्यवस्थापन गर्ने ? यस्तो गम्भीर विषयमा सरकारले ध्यान नदिए समस्या पर्ने देखिएको विभागीय प्रमुख कुँवरले बताए । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्