पाहुना चराको बसाई लम्बियो

काठमाडौं, साउन ७ । मुलुकका विभिन्न सिमसार र जलाधारमा चरिचरणका लागि भित्रिने हिउँद यामका पाहुना चराले नेपाल बसाइ अवधि लम्ब्याउन थालेका छन् । मनसुनअगावै फर्कनुपर्ने जलपन्छी मध्य वर्षात्मा पनि यतै भेटिन थालेका छन् ।

खडखडे हाँस (गडवाल) को एउटा समूह कपिलवस्तुको जगदीशपुर तालमा भेटिएपछि सो पन्छीले नेपालमा बसाइ अवधि लब्याउनुको कारण पहिचान गर्न पन्छीविद्हरुले चासो लिएका छन् । पन्छीविद् डा. हेमसागर बरालसहितको टोलीले जगदीशपुरमा मध्यअसारको समयमा करिब १ दर्जनको संख्यामा खडखडे हाँस भेटेको हो ।

जगदीशपुरमा गत वर्ष पनि मध्य वर्षाद्मा सुनजुरे, सिन्धुरे र खड्खडे हाँसको समूह भेटिएकोमा यसपटक खड्खडे मात्रै भेटिएको बरालले जानकारी दिए । पाहुना चराले बसाइ अवधि लम्ब्याउनु जलवायु परिवर्तनको प्रभाव हुन सक्ने उनको अनुमान छ ।

हिउँद याम शुरु हुनुअगावै नियमित बसाइँसराइका क्रममा चीन, मंगोलिया, साइबेरिया, कोरिया, ताजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्ता, अजरवैजानसहित उत्तरपूर्वी युरोपबाट जलपन्छी नेपाल भित्रिने गर्छन् । केही पन्छी निरन्तर ५ दिन ५ रात उडेर नेपाल भित्रिने गर्छन् भने धेरैजसो नदीले बनाएका उपत्यका र आसपासका स्थानमा बास बस्दै, विचरण गर्दै आउने गर्छन् । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्