टेलिभिजन शुल्क पनि महँगियो !

काठमाडौं, साउन ७ । मूल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मूल्य महँगो हुने भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसूची हेरफेर गरेर राजपत्रमा सूचना प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो । अन्नपूर्ण पोष्टमा खबर छ ।

निशुल्क प्रसारण भईरहेका ५० देखि ६० च्यानल बन्द हुने ।
५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने ।

कमेन्ट गर्नुहोस्