जर्मनीका मिडफिल्डर ओजिलद्वारा सन्यासको घोषणा !

काठमाडौं, साउन ७ । सन् २०१४ को विश्वकप जित्दा जर्मनीका मिडफिल्डर मेसुट ओजिलको महत्वपूर्ण भूमिका रहेको थियो । ओजिलले पाँच पटकसम्म जर्मन प्लेयर अफ दि इयर भएका थिए। जर्मनीबाट ओजिलले सन् २०१२ र २०१६ को युरोकप समेत खेलेका छन्। तर अबदेखि भने उनले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता नखेल्ने भएका छन् । उनले आइतबार राती अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

इंग्लिस क्लब आर्सनलबाट व्यवसायिक फुटबल खेल्दै आएका ओजिलले आइतबार राति एक विज्ञप्ति निकाल्दै सन्यासको घोषणा गरेका हुन्। भारी हृदय, धेरै सोचविचार र पछिल्लो घटनाक्रमले आफू जर्मनीबाट अन्तर्राष्ट्रिय खेल नखेल्ने निर्णय गरेको उनले विज्ञप्तिमा भनेका छन्। पछिल्लो समय रूसमा सम्पन्न विश्वकपमा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि जर्मनीसहित उनले आलोचना खेपेका थिए।

डिफेन्डिङ च्याम्पियन जर्मनी रूस विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। विश्वकप पछि टर्कीका राष्ट्रपतिलाई भेटेपछि उनी थप आलोचित बनेका थिए। टर्की मूलका ओजिललाई टर्कीको समर्थन गरेको आरोप लाग्दै आएको थियो।

याे पनि पढाै‌-

रोनाल्डोले बाजी मारे ‘सर्वोत्कृष्ट पुरुष फुटबल’ को उपाधि

 

यस्तै विश्वकपमा उनको प्रदर्शनलाई लिएर पनि आलोचना भईरहेको थियो। यसैबीच उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका हुन्। ओजिलले आफ्नो लागि यो निर्णय निकै कठिन भएको भन्दै एक उत्साह र गर्वका साथ जर्मनीको जर्सी लगाउने गर्थे। तर, अब नलगाउने बताएका हुन्। सन् २००९ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यू गरेका २९ वर्षीय ओजिलले ९२ अन्तर्राष्ट्रिय खेलबाट २३ गोल गरिसकेका छन्। -एजेन्सी

कमेन्ट गर्नुहोस्