किन पुगे थानकोट प्रहरीका प्रहरी निरिक्षक बस्नेत टोल-टोलमा ?

काठमाडौ । महानगरीय प्रहरी वृत्त थानकोटले टोल टोलमा प्रहरी अभियान सञ्चालन गरेको छ । राजधानीको चन्द्रागिरि ५ स्थित सचेतना र्यालीसहित टोल–टोलमा प्रहरी अभियान सञ्चालन गरेको हो

सचेतना अभियान अन्तर्गत चेलीबेटी बेचविखन, पछिल्लो समयमा बढ्दो युवापिँढीमा लागुऔषध दुर्व्यसनी, सामाजिक अपराध, महिला हिैसा र ट्राफिक शिक्षा लगायतको ज्ञान प्रदान गरिएको छ ।

अभियानमा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरिक्षक अमृतबहादुर वस्नेतले विद्यार्थी, स्थानीय जनसमुदाय प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक अमृतबहादुर वस्नेतले समाजमा विद्यमान कुरीति, कुसंस्कार जरैदेखि उखालेर फ्याल्नुपर्ने बताए । उनले समाजका हरेक वर्गमा सकारात्मक सोच उत्पन्न गराई नागरिक र प्रहरीको सहकार्यमा शून्य अपराध मुत्त समाज निर्माण कार्यमा जुटन आम जनसमुदाय लाग्नु पर्ने वताए । उनले भने– ‘पछिल्लो समय समाजमा युवापिँढी कुलतमा फसेर आफ्नो जीवन मृत्युु कुर्नुबाहेक केही देखेको हुँदैन, बेलैमा समाजलाई बदल्न सकेन भनेपछि ठुलो क्षति पुग्ने हुँदा आफ्ना बालबच्चाको निगरानी राख्नु आम अभिभावकको दायित्व हुन्छ ।’

कार्यक्रममा चुनदेवी माविका प्रधानाध्यापक मेगेन्द्र लामा, स्थानीय समाजसेवी, वडा अध्यक्ष लगायतले समाज रूपान्तरणमा टोलटोलमा प्रहरी कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका हुन् ।

प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतको नेतृत्वमा सुरू गरिएको अभियान चुनदेवी माध्यमिक विद्यालयको विद्यार्थी, स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्