कांग्रेस नेतृ राणाद्वारा मन्त्री तामाङकाे वर्खास्ती र कानुन अनुसार सजायकाे माग

काठमाडौं, साउन ७ ।

कांग्रेस नेतृ डा. आरजु राणा देउवाले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले अभिव्यक्तिप्रति कडा शब्दमा भत्सना गरेकी छन् । शनिबार सार्वजनिक कार्यक्रममा मन्त्री तामाङले बंगलादेशमा मेडिकल अध्ययनरत् नेपाली महिला विद्यार्थीले डिग्री लिनलाई आफ्नो शरिर सम्पुनु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिलाई लिएर चतर्फी अलोचना भएको छ । यसै क्रममा कांग्रेस नेतृ डा. राणाले पनि आफ्नो फेसबुकमा लेखेकी छन्, ‘महिला विद्यार्थीहरुका बारेमा गैरजिम्मेवारीपूर्ण रुपमा सार्वजनिक टिप्पणीको म घोर भत्र्सना गर्दछु । विना आधार विदेशमा अध्ययनरत् हाम्रा चेलिवेटीलाई अत्यन्तै अभद्र र असोभनिय रुपमा लगाईएको लान्छनाले कानुन मन्त्रीको वास्तविक मानसिकता छताछुल्ल भएको छ ।’

उनले अघि थपेकी छन्, ‘ उनले तत्काल बंगलादेशमा अध्ययनरत् नेपाली विद्यार्थी र त्यहाँका प्राध्यापकहरुसँग माफु माग्नुपर्छ । र उनलाई तत्काल कानुन मन्त्रीबाट वर्खास्त गरी कानुन अनुसार दण्ड गराउन म जोडदार माग गर्दछु ।’

कमेन्ट गर्नुहोस्