टोरन्टोमा अन्धाधुन्द गोलीप्रहार, दुईको मृत्यु, १४ घाइते

टोरन्टो । क्यानाडाको राजधानी टोरन्टोमा गत राति भएको अन्धाधुन्द गोईप्रहार्मा एक महिलाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन ।

प्रहरीले गरेको जवाफी कारवाहीमा आक्रमणकारीको समेत मृत्यु भएको जनाइएको छ ।

क्यानाडा प्रहरीका अनुसार टोरन्टो शहरस्थित डेनफोर्थ र लोगन क्षेत्रमा भएको यस घटनामा घाइतेमा एक जनाको अवस्था गम्भीर बताइएको छ ।

स्थानीय प्रहरीले यस मामिलामा प्रत्यक्षदर्शीहरूबाट जानकारी जम्मा गरिरहेको छ । यस गोलीकाण्डका घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको जनाइएको छ ।

हालसम्म उक्त गोलीकाण्ड हुनूको कारणबारे केही खुल्न नआएको बताइएको छ ।

एजेन्सीहरू

कमेन्ट गर्नुहोस्